सडक अतिक्रमण गरी बनाइएका टहरा र पर्खाल भत्काइयो

२३ असार २०६९, शनिबार १७:४४ मा प्रकाशित

काठमाडौ, २३ असार । सडक अतिक्रमण गरी बनाइएका काठमाडौंको तीनकुनेस्थित सुविधानगरदेखि पेरिसडाँडा भएर मुनीभैरव मन्दिरसम्मको सडक अतिक्रमण गरी बनाइएका टहरा र पर्खाल आज भत्काइएको छ । सडक अतिक्रमण गरी लगाइएका पर्खाल र टहरा भत्काइएको ट्राफिक प्रहरी निरीक्षक शिव पोखरेलले बताउनुभयो । करिब ६०÷७० वटा घरका टहरा र पर्खाल भत्काइएको पोखरेलले बताउनुभयो । विस्तार कार्यमा काठमाडौँ महानगरपालिका, स्थानीयवासी, सडक विभाग, ट्राफिक प्रहरी र स्थानीय संस्थाको समेत सहभागिता छ । सडक मिचेर घरहरु बनाउँदा काठमाडौँका सडकहरु साँघुरो भई ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले सडक विस्तार अभियानलाई तीव्रता दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ