राष्ट्रपति यादवलाई सक्रिय बनाउन सकिन्छः नेपाल

२३ असार २०६९, शनिबार १७:४२ मा प्रकाशित

पर्वत, २३ असार । एमाले वरिष्ठ नेता माधबकुमार नोपालले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा नदिए राष्ट्रपतिलाई सक्रिय बनाउन सकिने बताउनु भएको छ । एमाले अञ्चल स्तरीय कार्यकर्ता तथा प्रशिक्षाण कार्यक्रममा आज पर्वत आउनुभएका नेपालले प्रेस चौतारी जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले प्रधानमन्त्री भट्टराईले गरेका राष्ट्रघाती गतिविधीहरु राष्ट्रपतिले टुलुटुलु हेरेर मात्र बस्न नस्कने हुँदा नियम र कानुनको प्रयोग गरी दलहरुले राष्ट्रपतिलाई सक्रिय गराउन बाध्य हुने बतााउनुभयो । प्रधानमन्त्रीको आफूले राजीनामा दिए माघ १९ दोहोरिन सक्ने भन्ने भनाईप्रति नेता नेपालले त्यस्तो कुनै सम्भावना नै नरहेकोले कुर्सीमा बसीरहने नाटक मञ्चन नगर्न आग्रह गर्नुभयो । नेपालले एक त्रितियांश बजेट ल्याउन पनि अहिलेको सरकारलाई अन्तरिम संविधानले नदिने हुँदा पूर्ण आकारको बजेट ल्याउछु भन्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक