माओवादी राष्ट्र ध्वस्त पार्न अग्रसरः खनाल

२३ असार २०६९, शनिबार १७:३९ मा प्रकाशित

जनकपुर, २३ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी राष्ट्रलाई ध्वस्त पार्नतर्फ अग्रसर रहेको आरोप लगाउनु भएको छ । माओवादीको गलत कदमको विरुद्वमा देशमा आन्दोलनको आवश्यक्ता परेको खनालले औंल्याउनुभयो । एमालेको जनकपुर अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रममा आज दिउँसो बोल्दै पूर्व प्रधानमंत्री समेत रहनु भएका खनालले माओवादीको सर्वसत्तावादी नीतिका कारण प्रधानमंत्री डा बाबुराम भट्टराईले संविधानसभा विघटन गराएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले कुनै पनि दलसँग कुनै प्रकारको छलफल नै नगरी मंसिर ७ गते नयाँ निर्वाचनको मिती घोषणा गरेको भन्दै खनालले निर्वाचनको मिती तोक्नु नाटक मात्र भएको उल्लेख गर्नुभयो । एक अर्को प्रसङ्गमा खनालले मधेशी मोर्चाका नेताहरुले अघि सारेको एक मधेश, एक प्रदेशको अवधारणाले राष्ट्रलाई विभाजन गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ