शिक्षण अस्पतालमा आज सबै सेवा बन्द

२३ असार २०६९, शनिबार १५:१६ मा प्रकाशित

काठमाडौ, २३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थान शिक्षण अस्पतालमा आज सबै सेवा बन्द भएका छन् । दक्ष पदाधिकारीको नियुक्तिको माग गर्दै आन्दोलमा उत्रिएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरुले आजको सबै सेवा बन्द गरेका हुन् । सेवा रोकिएपछि अस्पतालमा भर्ना भएका विरामीहरु मर्कामा परेका छन् । शिक्षण अस्पताल सुधार अभियानका लागि अनसनमा बस्नुभएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उहाँको अनसन भने जारी नै छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तथा शिक्षण अस्पतालमा उच्च पदाधिकारीहरु डीन, सहायक डीनहरु, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरुको चयन नभएको भन्दै विगत १८ महिनादेखि कर्मचारीहरु आन्दोलित छन् । केसीको अभियानमा ऐक्यबद्धता जनाउन विभिन्न संघ संस्थाका प्रतिनिधि पनि भोलिदेखि २४ घण्टे रिले अनशनमा बस्ने भएका छन् । नेपालको सबैभन्दा राम्रो अन्तर्राष्ट्रिय संस्था त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान र शिक्षण अस्पताल नयाँ पदाधिकारीहरुको नियुक्ति नहुँदा धराशयी बन्दै गएको केसीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम