पप गायिका म्याडोना जन्मदिन मनाउन क्युबा पुगिन

२ भाद्र २०७३, बिहीबार ००:४७ मा प्रकाशित

हवाना । चर्चित गायिका म्याडोना आफ्नो ५८ औं वर्षको जन्मदिन मनाउन छोरा छोरी सहित क्युबा पुगेकी छिन् । दुइ दिने भ्रमणका क्रममा त्यहाँ पुगेकी म्याडोनासँग आफ्ना छोराछोरी अन्य केही परिवारका सदस्यका साथै मित्रजनहरु रहेका छन् ।

निजी विमानबाट क्युबातर्फ लागेकी म्याडोना स्थानीय समयाअनुसार सोमबार साँझ करिब ५ः०० बजे राजधानी सहर हवाना पुगेकी हुन् ।

अमेरिकी प्रख्यात पप गायिका तथा कलाकार म्याडोनाले क्युबामा क्युबाली ताल र नाँचसहितको एक भव्य भोजको आयोजना गरेकी छिन् ।

मङ्गलबार उनले क्युबाको हावानास्थित महत्वपूर्ण ऐतिहासिक र साँस्कृतिक इलाकाको भ्रमण समेत गरेकी छिन् ।

प्रख्यात गायिका म्याडोनाले केही दिन अघि नै आफ्नो जन्मदिन मनाउन सुरु गरेकी थिइन् ।

केही दिन अघि उनी जन्मदिन मनाउने क्रममा अफ्रिका पुगेकी थिइन् र त्यहाँका स्थानीय सर्वसाधारणसँग नाँचेकी थिइन् ।

गत वर्ष हावाना र वासिङ्गटनबीच कुटनितिक सम्बन्ध पुनःस्थापना भएपछि अमेरिकी प्रख्यात व्यक्तित्वको लागि क्युवा एक प्रख्यात मनोरञ्जनस्थलको रुपमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को प्रसारण यो हप्ताका लागि स्थगित भएको छ । कमेडी शो आयोजकले

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ