एन्फा निर्वाचन कात्तिकमा

२ भाद्र २०७३, बिहीबार ००:४० मा प्रकाशित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ््घ (एन्फा)को कार्य समितिको बैठकले विगत लामो समयदेखि आफ्ना रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचन गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा आज बसेको बैठकले विश्व फुटबल सङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले दिएको निर्देशन मान्दै निर्वाचनमा जाने निर्णय गरेको एन्फाले जनाएको छ । कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा बसेको उक्त बैठक गरेको निर्णयअनुसार एन्फाको साधारणसभामार्फत आगामी कात्तिक ८ गते विभिन्न पदमा निर्वाचन हुनेछ ।

त्यस्तै रिक्त रहेका पदमा विधानबमोजिम निर्वाचन गराउन निर्वाचन निर्देशिकालाई एफसीबाट स्वीकृत लिनका लागि पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोग लागेपछि एन्फा विगत लामो समयदेखि नेतृत्वविहीन छ ।

यसैबीच अध्यक्षलगायत प्रमुख पदको निर्वाचनपछि आफ्ना सबै समस्या समाधान हुने आशा व्यक्त गरिएको एन्फाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले