विदेशी नाम राखेका पाँच वटा कलेजका होडिङ बोर्ड हटाइयो

२३ असार २०६९, शनिबार १२:२४ मा प्रकाशित

काठमाडौ, २३ असार । विदेशी नाम राखेर संचालित कलेजहरुको होडिङ बोर्ड हटाउन नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आजबाट अभियान थालेको छ । नेविसंघका कार्यकर्ताहरुले आज विहान नयाँ बानेश्वर चोकमा राखिएका बोर्डहरु हटाएका छन् । कलेजका होर्डिङ बोर्ड हटाउने क्रममा प्रहरीले सामान्य अवरोध गरे पनि उनीहरुले बोर्ड च्यातेका छन् । नेविसंघका अध्यक्ष रञ्जित कर्णले आज विदेशी नाम राखेका ५ वटा कलेजका होडिङ बोर्ड हटाइएको जानकारी दिनुभयो । विदेशी नाम हटाउन यसअघि नै आग्रह गरिए पनि कलेजहरुले अटेर गरेका कारण होडिङ बोर्ड हटाउने अभियान थालिएको कर्णले बताउनुभयो । शिक्षा मन्त्रालयले केहि समयअघि सार्वजनिक सूचना जारी गरेर विदेशी नाममा संचालित कलेजहरुलाई नेपालीपन झल्कने नाम राख्न अनुरोध गरेको थियो । तर केहि कलेजहरुले भने सरकारी अनुरोधलाई वेवास्ता गर्दै विदेशी नाम राखेरै दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको