काभ्रे बस दुर्घटनामा मृतककाे संख्या ३३, घाइते ४३ जना

३१ श्रावण २०७३, सोमबार २१:५४ मा प्रकाशित

काठमाडौँ, ३१ साउन । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ

काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
हाम्रा काभ्रे समाचारदाता मधुसुदन तिमिल्सिनाका अनुसार घटनास्थल अत्यन्त भिरालो भएका कारण लाशलाई माथि सडकमा ल्याउन समस्या भई रहेको छ । साथै घटनस्थलमा पानी परी रहेकाले पनि उद्धारमा समस्या भएको छ ।
सो बस ओभर लोडका कारण दुर्घटना भएको अनुमान गरिएको छ । सो क्षेत्रमा भूकम्प पीडितलाई राहत रकमको सम्झौताको काम भई रहेकाले राजधानीमा रहेका धेरै स्थानीय सोका लागि घर फकर्ने क्रममा बस खचाखच भएको बताइएको छ ।
यसैबीच काभ्रेपलाञ्चाके जिल्लाको विर्ता देउरालीमा भएको यात्रुबहाक बस दुर्घटनामा हाल सम्म मृतकको संख्या घटना स्थालमा २५ र उपचारका त्रममा एक गरी २६ हेको गृहमन्त्रालयले जनाएको छ ।
गृहप्रवक्ता यादव कोइरालाका अनुसार हालसम्म मृतकको संख्या २५ पुगेको र सो संख्या बढ्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा