सन्चारमन्त्रीलाई हटाउन प्रचण्डको ध्यानाकर्षण

२३ असार २०६९, शनिबार १२:२३ मा प्रकाशित


काठमाडौ, २३ असार । सूचना तथा सन्चारमन्त्री राजकिशोर यादवलाई पदबाट हटाउन मधेसी जनअधिकार फोरम गणतान्त्रिकका बहु सङ्ख्यक सदस्यहरूले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सन्चारमन्त्री यादवलाई हटाउन आग्रह गर्दा पनि वास्ता नगरेको भन्दै सरकारको नेतृत्व गरिरहेको दलको अध्यक्षको हैसियतले प्रचण्डलाई आग्रह गरिएको बताएका छन् । अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउन नन्दनकुमार दत्तलगायतका नेताहरू लाजिम्पाट पुगेका थिए । सन्चारमन्त्रीलाई फिर्ता बोलाउने विषयमा आजै गणतान्त्रिकका नेताहरूले मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग पनि छलफल गर्ने भएका छन् । मन्त्री बनेपछि कार्यवाहक अध्यक्ष यादवले पार्टी सङ्गठनको काममा खासै चासो नदिएको भन्दै बहुसङ्ख्यक सदस्यहरूले पदबाट हटाएको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका