चिनियाँ राष्ट्रपतिसी जिनपिङले असोजमा नेपाल भ्रमण गर्ने

२५ श्रावण २०७३, मंगलवार २२:५० मा प्रकाशित

काठमाडौँ, २५ साउन । नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउन सक्ने जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पष्ट गर्यो ।

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिट्टै स्वागत गर्न पाउने अपेक्षा गर्दै यसबाट द्विपक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउनाका साथै दुई ठूला देशसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले उल्लेख गर्नुभयो ।

प्रा जी झेईको नेतृत्वमा आएको सो टोलीले भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ अनुभवको आदानप्रदान तथा सहयोग गर्न, ठूला परियोजनामा सहयोग उपलब्ध गराउन, चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न र यहाँको पर्यटन पूर्वाधार विकासका लागि सघाउन चीन तत्पर रहेको पनि जानकारी दिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार