‘प्रतिक्रियावादी’का कारण लडाकुमा असन्तुष्टि ः भट्टराई

२३ असार २०६९, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडौं, २३ असार । समायोजन प्रक्रिया सम्मानजनक नभएको भन्दै पूर्वलडाकुहरु विरोधमा उत्रिरहेकै बेला सेना समायोजन विशेष समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री डा. बावुराम भट्टराईले सेना समायोजन प्रक्रिया सम्मानजनक रुपमा अगाडि बढ्ने दाबी गरेका छन् । आज बिहानै भेटघाटको लागि बालुवाटार पुगेका पार्टी कार्यकर्ताहरुसमक्ष भट्टराईले सो दाबी गरेका हुन् । समायोजन प्रक्रियामा केही समस्या देखिए पनि सम्बन्धित सबै पक्षसंग आफूले गम्भिर रुपमा छलफल चलाइरहेको र त्यसको सुखद् परिणाम आउने उनले बताए । सम्मानजनक समायोजन हुनेकुरामा शंका नगर्न आग्रह गर्दै प्रधानमन्त्री भट्टराईले सबैलाई संयमित बन्नसमेत आग्रह गरे । मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रेकोले प्रतिक्रियावादीहरुले त्यसको गलत फाइदा लिन लागेको भन्दै कार्यकर्ताहरुलाई उनले थप्थपाउने कोशिस गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा