पूर्व पंचहरु जुट्दै, २५ गते दुई राप्रपा एकीकरणको औपचारिक घोषणा हुँदै

२३ श्रावण २०७३, आईतवार ०२:२४ मा प्रकाशित

काठमाडौँ, २३ साउन । सत्ता र पदका लागि फुट्दै र जुट्दै आएका पूर्व पंचहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ । पूर्व पंचहरुको शीर्षस्थ नेतृत्व दुई पार्टी एकता गर्न सहमत भएका हुन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो । व्यवस्थापिका–संसदमा राप्रपा नेपाल चौथो ठूलो दल हो पार्टीकातर्फबाट २५ सांसद रहेका छन् भने राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन् । राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दुवै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने जानकारी दिनुभयो । उहाँका अनुसार मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले एकताको प्रक्रिया अगाडि बढाइएको हो । यसअघि, राप्रपाले सरकारमा सहभागी हुने तथा राप्रपा नेपालले भने सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल