पुनस्र्थापनवादी पूर्वसभासदहरु सल्बलाए

२३ असार २०६९, शनिबार ०९:०८ मा प्रकाशित


काठमाडौं, २३ असार । संविधानसभाका लागि नयां निर्वाचन गर्ने बाबुराम सरकारको घोषणा अलपत्र पर्ने सम्भावना बढ्दै गएपछि संविधानसभा पुनस्र्थापनाको पक्षमा लविङ गर्दै हिंडेका पूर्वसभासदहरुको हौसला बढेको अनुभूति गरिएको छ । नेपाली कांग्रेसका ६ दर्जन पूर्वसभासदहरुले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र पार्टी सभापतिलाई बुझाएका र अन्य दलका पूर्वसभासदहरुले पनि मौका पर्नासाथ संविधानसभा ब्युंताउनु पर्ने धारणा सार्वजनिक गर्ने गरेका सन्दर्भ एकतिर छ भने कांग्रेस नेतृत्वले अहिलेसम्म यस सम्बन्धमा मौनता सांधेबाट दालमा कतै कालो त छैन भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ । उता एमाओवादीका अध्यक्ष प्रचण्डले पनि पुर्नस्थापनाको विकल्पमा छलफल गर्न सकिने बताइसकेको अवस्था छ भने निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री स्वयम् पनि ‘सबैबीच सहमति हुन्छ भने…’ भन्ने वाक्य प्रयोग गर्न थालिसकेका छन् । यस्तोमा के संविधानसभा सांच्चै पुनस्र्थापन हुन सक्छ त ? यो सर्वत्र विशेष चासोको प्रश्न बनेको छ ।
आममानसमा पैदा भएको यस जिज्ञासाकै बीच हिजो शुक्रबार पूर्वसभासदहरुको एक ठूलो समूह संविधानसभा भवनको लोत्से हलमा भेला भई संविधानका विवादित विषयमा समन्वय गरी शीर्ष नेताहरुसंग छलफल चलाउन सर्वदलीय समिति बनाउने निश्कर्षमा पुगेका छन् । झण्डै एक सय पूर्व सभासद् भेला भएको सो जमघटमा राजनीतिक र संवैधानिक रुपमा पनि नयां निर्वाचन सम्भव नभएको कुरा जोडतोडले उठाइएको थियो भने संविधानका धेरै मुद्दाहरु मिलीसकेको अवस्थामा एउटा संघीयताको सन्दर्भमा मात्रै चार वर्षका लागि ६ सय १ को निर्वाचन गराइनु हुन्न भन्ने तर्क विशेष रुपमा अघिसारिउको थियो ।
संविधानसभा पुनस्र्थापनको अगुवाई गर्दैआएको कांग्रेसका सभासदहरुबीच भेलामा एमाले, एमाओवादी, फोरम गणतान्त्रिक, नेकपा संयुक्तका सभासदहरु समेत उपस्थित थिए । भेलामा नवगठित नेकपा–माओवादीकी पूर्वसभासद् निरु दर्लामी पनि थिइन् भने कांग्रेसका मोहन पाण्डे, जीवनप्रेम श्रेष्ठ, शोभाकर पराजुली, एमाओवादीकी कल्पना धमला, एमालेका यमलाल कंडेल, फोरम गणतान्त्रिककी सविता यादव, नेकपा संयुक्तकी कल्पना राना, मधेश समाजवादीकी निलम वर्मा लगायका पूर्वसभासद्ले संविधानका विवादित बिषयहरुलाई राजनीतिक सहमतीका आधारमा टुंग्याएपछि संविधान जारी गर्न छोटो अवधिका लागि संविधानसभा पुर्नस्थापना हुनुपर्ने तर्क गरेका थिए । पुनस्र्थापनाको मुद्दामा सक्रिय रहेका नेपाली कांग्रेस, एमालेका पूर्वसभासदहरुले पुनस्र्थापनको कुरा गर्नु त्यति अस्वाभाविक नभए पनि सरकारले निर्वाचनको घोषणा गरिसकेको सन्दर्भमा सत्तारुढ दलका नेताहरु नै पुर्नस्थापना अभियानमा संलग्न रहनुलाई चाहिं आश्चर्यकै रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका