लडाकू समायोज प्रक्रिया स्थगित

२२ असार २०६९, शुक्रबार २१:४८ मा प्रकाशित


काठमाडौं, २२ असार । समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउंदै विभिन्न शिविरका माओवादी पूर्वलडाकुहरु बिरोधमा उत्रिएपछि समायोजन प्रक्रिया स्थगित भएको छ । निर्धारित मापदण्ड समायोजनका लागि नभई भर्ना गर्ने मनसायका साथ आएको भन्दै विभिन्न शिविरका लडाकुहरु बिरोधमा उत्रिएपछि प्रत्रिया स्थगित भएको हो । यद्यपी नेपाली सनाले भने पूर्वलडाकूको उमेरमा विवाद आएपछि प्रक्रिया स्थगित भएके जनाएको छ ।
सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले अनमिनको प्रमाणकिरणमा उल्लेख भएको लडाकूको उमेर फरक परेपछि सम्पूर्ण शिविरमा छनोट प्रक्रिया रोकेको बताउनुभयो । सुर्खेतको दशरथपुरमा हिजोदेखि छनोट प्रक्रिया सुरु भएपनि लडाकुको उमेर फरक परेपछि आजबाट प्रक्रिया स्थगित गरिएको छ । यसअघि इलामको चुलाचुली, सिन्धुलीको दुधौली, चितवनको शक्तिखोर र रोल्पाको दहबनका पूर्वलडाकुहरु भर्ना प्रक्रियामा असहमति जनाउंदै विरोधमा उत्रिएका थिए । यस्तै नवलपरासीको झ्याल्टुंग डांडा र कैलालीको तालबन्दमा भने अधिकांश लडाकु घरबिदामा भएको र बांकीको समेत कागजपत्र पर्याप्त नभएको नभएकोले प्रक्रिया अगाडि बढ्न सकेको थिएन । पूर्वलडाकुले एकमुस्ट रकम दिनुपर्ने, तोकिएको मापदण्ड खारेज हुनुपर्ने, समायोजनमा सम्मानजनक व्यवहार हुनुपर्ने लगायत माग अघिसारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार