सप्तरीको दशगजा क्षेत्र सामान्य बन्दै, बाँध निर्माण कार्य तत्काल रोकियो

१५ श्रावण २०७३, शनिबार २२:१३ मा प्रकाशित

राजविराज, १५ साउन । सीमावर्ती तिलाठी गाविसको दशगजा क्षेत्रको अवस्थासामान्य बन्दै गएको छ । सप्तरी र सुपौल जिल्लाका प्रशासनबीच शुक्रबार भएको सहमतिपछि दशगजामा बाँध निर्माण कार्य तत्काल रोकिएकोले शनिबार अवस्था सामान्य बन्दै गएको हो ।
दुई दिन बिहीबार र शुक्रबार भारतीय पक्षले एकतर्फी रुपमा खाँडो नदीको मुहान थुन्ने गरी दशगजा भूमि मिचेर बाँध निर्माण गरिरहेको कार्यलाई रोक्न पुगेको सप्तरीबासी उपर आक्रमण हुँदा सो क्षेत्र तनावग्रस्त भएको थियो ।
बाँध निर्माणको माग गर्दै शुक्रबार कुनौलीबासीले गरेको बजारबन्द आज खुल्ला रहेको दशगजा संघर्ष समितिका सह–संयोजक निरज झाले जानकारी दिनुभयो । तिलाठी, रम्पुरा मलहनिया, सकरपुरा, लौनिया, बरही बिरपुर लगायतकाबासीको सरल सहज पहुँचको कुनौली बजारमा बिना रोकटेक खरिदबिक्री गर्न आवतजावत भइरहेको उहाँले जानकारी दिनुभयो । घटनापछि शुक्रबार सप्तरीबासीलाई आवतजावजमा कुनौलीबासीले रोक लगाएका थिए ।
यसै महिनाको सुरुसातामा परेको अविरल वर्षाको कारण खाँडो खोलामा आएको बाढीले उक्त बाँध कटान गरी भारत सुपौल जिल्लाको कुनौली बजारमा पानी प्रवेश गरी सयौ विघा खेती योग्य जग्गामा वालुवाले पुरिएको छ ।
बाँध निर्माण रोकिएको स्थलमा शनिबार संघीय समाजवादी फोरम नेपालका समानुपातिक साँसद लक्ष्मी चौधरीले स्थलगत अवलोकन गरी घाइतेहरूको उपचारका लागि रु ५५ हजार रुपियाँ प्रदान गरेको दशगजा संघर्ष समितिका सह–संयोजक निरज झाले जानकारी दिनुभयो । यस्तै सुपौलका साँसद रञ्जिता रञ्जनले पनि सो क्षेत्रको निरीक्षण गरेको बताएको छ ।
दोहोरो भिडन्तपछि उत्पन्न विवाद समाधान गर्न सप्तरी र भारतको सुपौल जिल्लाका सीमा प्रशासन प्रमुखबीच शुक्रबार कुनौलीमा बसेको संयुक्त बैठकल नेपालका जल उत्पन्न प्रकोप व्यवस्थापनका इन्जिनियर र भारतका जल संशाधन विभागका इन्जिनियर स्तरीय प्राविधिक संयुक्त टोलीले चाँडै अध्ययन गरी समस्या समाधानको उपाय सहितको प्रतिवेदन नदिएसम्म तत्काल बाँध निर्माण कार्य रोकिने सहमति गरेको छ ।
भिडन्तमा तिलाठी गाविस निवासी दशगजा संघर्ष समितिका संयोजक देवनारायण यादवको टाउको फुटेको छ । उहाँको टाउकोमा आठ वटा टाका लागाइएको छ । सोही भिडन्तमा परी सप्तरीबासी रोशन झा, दर्गानन्द झा, सुशिल यादव, शंकर राय, गंगा झा, संजिव झा, श्यामप्रसाद कामैत, धीरेन्द्र मिश्र, हर्षबद्र्धन कर्ण घाइते भएको संघर्ष समितिका सहसंयोजक झाले जानकारी दिनुभयो ।
यता संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले एक प्रेस विज्ञप्ती जारी गरी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । सप्तरी प्रशासन र भारत बिहारको कुनौलीका प्रशासनको उपस्थितिमा भएको यस्तो भिडन्तप्रति घोर भत्र्सना गर्दै स्थानीय प्रशासनको गैर जिम्मेवारीपूर्ण रबैया र मौनताप्रति खेद ब्यक्त गरेको छ ।
लामो समयदेखि उक्त बाँधबारे विवाद हुँदै आएपनि स्थानीय प्रशासनले ठोस निकासका लागि कुनै पहल नगरेको आरोप लगाउँदै दशगजा क्षेत्रको यस विवादलाई निकास दिन दुवै देशको तर्फबाट कूटनीतिक पहल हुनु आवश्यक रहेको भन्दै यसप्रति गम्भीर हुन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला