सहमतिविनाको बजेट राष्ट्रपतिलाई अमान्य

२२ असार २०६९, शुक्रबार २१:३७ मा प्रकाशित

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग हिजो भएको ‘पारिवारक भेटघाट’पछि सरकाप्रति राष्ट्रपति डा. रामवरण यादव अपेक्षाकृत कडा रुपमा प्रस्तुत हुन थाल्नुभएको अनुभूति गरिएको छ । आज राष्ट्रपतिलाई भेट्न पुगेका गृह एवम् उपप्रधानमन्त्री विजय गच्छदारलाई राष्ट्रपति रामवरण यादवबाट दिइएको सुझाव–शैलीका आधारमा विश्लेषकहरुले यस्तो अनुमान लगाएका हुन् । राष्ट्रपतिले विपक्षीसंग सहमति जुटाएर मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिंदै अन्यथा आफू बजेट अनुमोदन गर्न असमर्थ हुने संकेत गर्नुभएको बताइन्छ । विपक्षी दलहरुबाट विरोध भएपनि पूर्ण बजेट ल्याउन सरकार तल्लीन देखिएपछि राष्ट्रपति यादवले सहमति गरी बजेट ल्याउन सुझाव दिनुभएको हो । उपप्रधानमन्त्री विजय गच्छदारलाई राष्ट्रपति यादवले बजेटका कारण दलहरुबीच मतभेद आउन नहुनेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो भने भेटमा राजनीतिक गतिरोध अन्त्यका लागिसमेत राष्ट्रपतिले आग्रह गर्नुभएको बुझिएको छ । उपप्रधानमन्त्री गच्छेदारलेचाहिं पूर्ण बजेट नल्याए मुलुक नै बरबाद हुने तर्क गर्दै सहमतिमै पूर्ण बजेट ल्याउन पहल भइरहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी