गुल्मी र प्यूठानमा बाढी पहिरोले २४ को मृत्यु

११ श्रावण २०७३, मंगलवार २०:४४ मा प्रकाशित

गुल्मी, ११ साउन । प्यूठानमा बाढी तथा पहिरोमा परी १७ जनाको र गुल्मीमा सात जनाको मृत्यु भएको छ । प्युठानमा २० जना अझै वेपत्ता छन् । गुल्मीमा बिभिन्न स्थानमा गएको पहिरोले बगाएर सात जनाको मृत्यु भएको छ । बर्षासगै जिल्लाका बिभिन्न गाविसमा गएको पहिरोले मगंलवार सात जनाको मृत्यु भएको हो । सो जनकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोला रावलले दिनु भएको हो ।
प्युठानको लुङ गाविस वडा नं. ६ बाहाने र सिमलबुटामा घर पहिरोमा भाँसिँदा शिवबहादुर सुनारको मृत्यु भएको छ । रजवारा ३ घर भई पुँजा–१ मा भएको घटनामा सुपारी मल्ल र मुकेश मल्ल आमाछोरा, खवांग ३ मा सिवरे वि.क. र दीपक वि.क.को मृत्यु भएको हो ।
फोप्ली गाविस ५ मा प्रकृति पुन, ११ महिना बालक, ४ नं. वडाका नोखी बैजाली, ३ नं. वडा मनबहादुर पुन सहित थप दुई जनाको मृत्यु भएको स्वास्थ्य चौकी फोप्लीका अहेव केशव पुन मगरले जानकारी दिनुभयो । जुम्रि खोलाले बगाउँदा माझकोटकी कालि पुनको मृत्यु भएको छ । ढुंगेठाटीबाट पुनलाई खोलाले बगाएको थियो ।
झिमरुक नदिमा पाँच वटा शव भेटिएका छन् । सनाखत हुन नसकेको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर बाहानेमा शोभा रिजाल, किरण थापा, काली परियार, खवांगमा दोमन्ती वि.क. वेपत्ता भएका छन् । प्यूठानको अर्खामा¬–३ जना र फोप्ली गाविसमा १३ जना स्थानीय पहिरोमा पुरिएर वेपत्ता छन् । वेपत्ताहरुको स्थानीय र सुरक्षाकर्मीले खोजतलास गरिरहेका छन् ।
प्यूठानका सम्पूर्ण सडक खण्ड ठाँऊठाँऊमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् । दर्जन भन्दा बढी बस्तीहरु उच्च जोखिममा छन् । लगायताको वर्षा र सडक अवरुद्ध हुनाले उद्धारमा समस्या परेको छ । मानवस्य क्षति कम गर्न उद्धारमै ध्यान केन्द्रित गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लाभर विस्थापितको एकिन तथ्यांक नआई सकेको जानकारी दिनुभयो ।
प्यूठान नगरपालिका १३ सापडाँडा, स्याउलिवाङ, फोप्ली, लिघा, लुङ, अर्खा, उदयपुरकोट लगायत क्षेत्रका विभिन्न बस्तीका स्थानीयहरु घर छोड्न बाध्य भएका छन् ।
जुम्रि खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन् । उनीहरु रातभर जागा बसेका छन् ।
प्यूठान–अर्घाखाँची जोड्ने चुकाहा खोला स्थित मोटरेवल पक्की पुलको दुवै तर्फबाट खोला पसे पछि उच्च जोखिममा रहेको छ । झिमरुक नदिमा पानीको वहाव हालसम्मकै उच्च मापन गरिएको छ । २०५१ साल भदौंदेखि झिमरुक जलविद्युत केन्द्रले पानीको वहाव मापन गर्दै आएकोमा अहिले ९५५ प्रतिसेकेन्ड घनमिटर पानीको वहाव रहेको छ । खोलाले आसपासका धानवाली सहितको खेती कटान गरेको छ । खोला छेऊछाउका बस्ती तथा भौतिक संरचनाहरु उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली