भर्ना प्रक्रियाको लडाकुद्धारा विरोध,७ वुदे माग प्रस्तुत

२२ असार २०६९, शुक्रबार २०:४३ मा प्रकाशित

चितवन, २२ असार । चितवनको शक्तिखोर स्थित माओवादी लडाकुको तेश्रो डिभिजनमा समायोजन रोजेका लडाकुहरुले समायोजन प्रक्रियाको विरोध गरेका छन् । विरोध स्वरुप उनीहरुले शिविर वाहिर निस्केर नारा जुलुस समेत गरेका छन् । सेनामा भर्ती गर्दा सम्माजनक व्यवहार नभएको  भन्दै पुर्व लडाकुहरु विरोध स्वरुप शिविर वाहिर निस्केर नाराजुलुस गरेका हुन् । ३ सय भन्दा वढि लडाकुहरु वाहिर निस्केर प्रर्दशन गरेपछि समायोजन प्रक्रिया अवरुद्ध भएको छ । उनिहरुले शिविरको मुल गेटमा पत्रकार सम्मेलन गरी विभिन्न ७ वुदे माग समेत अगाडी सारेका छन् । सम्मानजनक रुपमा समायोजन हुनु पर्ने, हालको भर्ति प्रक्रिया खारेज हुनु पर्ने , हालको शिक्षालाई मान्यता दिनु पर्ने ,उमेरको हदवन्धीमा शान्ति सम्झौता हुदा १८ वर्ष पुरा भएका जनमुक्ति सेनालाई योग्य मान्नु पर्ने माग अघि सारेका छन् । त्यस्तै स्वेच्छिक अवकासमा जानेहरुलाई एकमुष्ठ रकम दिनु पर्ने, ६ वर्षदेखि शिविर वसाईका क्रममा आफुहरुमाथि भएको मौलिक हकअधिकारको राज्यले क्षतीपूर्ती दिनु पर्ने र भोली दिउसो १२ वजे सम्म यि मागहरु पुरा हुनु पर्ने पत्रकार सम्मेलनमा वटालियन भाईस कमाण्डर कवि लामाले जानकारी दिनु भयो । भोली १२ वजेसम्म पनि माग पुरा नभए सडक आन्दोलन समेत गर्ने लामाले वताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर