शान्ति कोष बैठक, ३ आयोजना स्वीकृत

२२ असार २०६९, शुक्रबार २०:४१ मा प्रकाशित

काठमाडौ, २२ असार । शान्ति कोष सञ्चालक समितिको बैठकले एक अर्ब १७ करोड १० लाख रुपैयाँ लागतका  तीन वटा आयोजना स्वीकृत गरेको छ । अर्थमन्त्री एवम् कोषका सहअध्यक्ष वर्षमान पुनको अध्यक्षतामा आज बसेको कोषको बैठकले स्वीकृत गरेका आयोजनामा तेस्रो चरणअन्तर्गत द्वन्द्वकालमा क्षति भएका नेपाल प्रहरीका भौतिक संरचना पुनःनिर्माण तथा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वयनसम्बन्धी छन् । बैठकमा विश्व बैंकको सहयोगमा सञ्चालित शान्ति निर्माणका लागि आपत्कालीन सहयोग आयोजना र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोगसम्बन्धी कार्यक्रमका हालसम्म  भएका प्रगतिको समीक्षा गरिएको थियो । कोषका अनुसार बैठकले स्वीकृत गरेका आयोजनाअन्तर्गत तेस्रो चरणअन्तर्गत नेपाल प्रहरीका द्वन्द्वकालमा भएका भौतिक संरचनाअन्तर्गत ७७ वटा एकाइको पुनःनिर्माणमा गरिने छ । त्यसैगरी प्रस्ताव नम्बर १३२५ रु १८२० कार्यान्वयन गर्न कानुन तथा न्याय मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई नौ करोड ५७ लाख रुपैयाँ छुट्याइएको छ । बैठकमा अर्थमन्त्री पुनले आगामी बजेटमा शान्तिकोषलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी