सरकारले पूर्ण बजेट नै ल्याउछः प्रधानमन्त्री

२२ असार २०६९, शुक्रबार २०:४० मा प्रकाशित

काठमाडौ, २२ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक दलहरूको सहमतिमै सरकारले पूर्ण बजेट ल्याउने बताउनु भएको छ । आज प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग कुरा गर्दै उहाँले पूर्ण बजेट विना आर्थिक क्षेत्र अगाडि बढ्न नसक्ने भएकाले त्यसैका लागि सहयोग गर्न आग्रह गर्नुभयो । जनतालाई राहत दिन र आर्थिक क्षेत्रलाई सही दिशामा लैजानका लागि पूर्ण बजेट नै आवश्यक भएकाले त्यसका लागि सहयोग गर्न चेम्बरका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले आग्रह गर्नुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले जानकारी दिनुभयो । ‘आंशिक बजेटले देशको आर्थिक अवस्थालाई अगाडि बढाउन नसक्ने भएकाले पूर्ण बजेट नै ल्याउनुपर्ने धारणा प्रधानमन्त्रीले राख्नु भएकाले आफुहरुले पनि प्रधानमन्त्रीको भनाईलाई स्वागत गर्दै पूर्ण बजेट नै ल्याउनका लागि आग्रह गरेको भेटपछि अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । चेम्बर अफ कमर्सले प्रधानमन्त्रीसँग विशेष आर्थिक क्षेत्रको काम अगाडि बढाउन, पूर्ण बजेट ल्याउन, आर्थिक समृद्धि हुनेगरी बजेट ल्याउन, गरिबी न्यूनीकरणको कामकारवाही अगाडि बढाउन, निजी क्षेत्रको भावना अनुसार अगाडि बढ्न आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका