सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२९ असार २०७३, बुधबार १८:४६ मा प्रकाशित

काठमाडौँ, २९ असार । नेकपा (माओवादी केन्द्र)ले सरकारका विरुद्धमा व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । आज नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो अविश्वासको प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थनमा नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहनुभएको छ ।

सो अविश्वासको प्रस्तावमा नेका र केन्द्रका २५५ जना सांसदले हस्ताक्षर गर्नुभएको छ । अध्यक्ष दाहालसहित नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईसमक्ष सो प्रस्ताव दर्ता गराउनुभएको हो ।

नेका प्रमुख सचेतक श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार नैतिक सङ्कटमा परेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिन माग गर्नुभयो ।

केन्द्रका प्रमुख सचेतक पाण्डेले प्रम ओलीले पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न माग गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक