बृद्ध आमालाई जंगलमा छाडे छोराबुहारीले

२८ असार २०७३, मंगलवार २१:३५ मा प्रकाशित

ललित बसेल, सुर्खेत, २८ असार । एउटी आमाले आफ्नो सन्तान गर्भमा रहेदेखि ठूलो नहुनेबेलासम्म हेरविचार गर्छिन् । आफ्ना हरेक दुःख र पीडा सहेर सन्तानको खुशी पूरा गर्छिन् तर त्यही छोर र बुहारीले भने त्यही आमालाई बुढो भएपछि हेरविचार गर्न नसकी जंगलमा छोडेर आउ“छन् भन्ने कुरा कथा जस्तो लाग्छ । तर यस्तै भएको छ, पश्चिम सुर्खेतको सालकोट गाविसमा ।
सालकोट गाविसकी ७२ बर्षीया बाटु अधिकारीलाई उहाँको छोराबुहारीले दिसापिसाव स्याहार्नुपर्छ भन्दै गत बैशाखमा जंगलमा छोडेका थिए । कान्छा छोरा चन्द्रबहादुर खत्री र उसकी श्रीमतीले छिमेकी पोखरीका“डा गाविस वडा नं.–३ को रतुराय भन्ने जंगलको ओडारमा छोडेका रहेछन् ।
स्थानीय बासिन्दाले जिल्लास्थित प्रशान्ति बृद्धाश्रमलाई वीच जंगलको ओडारमा बृद्धा बसेको खबर गरेपछि बृद्धाश्रमले गाविस सचिव तिलकराम अधिकारीलाई उद्दारका लागि पहल गर्न आग्रह गरे । त्यस पछि मात्र सो घटनाको रहस्य खुलेको हो ।
स्थानीय बासिन्दाले जंगलको ओडारमा बस्नुभएकी बृद्धालाई नजिकैको एक गोठमा राखेका थिए । गाविस सचिव अधिकारीले यही असार २६ गते आइतवार सुरक्षाकर्मीलगायतको सहयोग लिई बृद्धालाई गोठबाट उद्दार गरी घर ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार गोठपनि मानिस बस्न नमिल्ने खालको थियो ।
घटनाबारे बुझ्दा कान्छा छोराबुहारीले बृद्ध आमा विरामी भइरहने र दिसापिसाव गर्न झन्झट हुने भएपछि जंगलमा छाडेको पाइएको गाविस सचिव अधिकारीले भन्नुभयो ।
अहिले बृद्धा जेठो छोरा कूलबहादुर खत्रीको जिम्मामा लगाइएको छ भने जंगलमा छाड्ने छोरा चन्द्रबहादुर र निजकी श्रीमतीलाई सामाजिक कारबाही स्वरुप समाजको अगाडि उठबस गर्न लगाई कागज गराएर छाडिएको छ । कान्छो छोरा बुहारीललाई २१ पटक उठबस गराएर सजाय दिइएको छ । जेठा छोरा कूलबहादुरलाई पनि आमाको राम्रो स्याहारसुसार गर्न र कान्छा छोराको जस्तो व्यवहार नगर्न सुझाव दिइएको छ । क्याप्सनः बृद्ध अवस्थामा स्याहार्न झन्झट हुने भन्दै जंगलको ओडारमा छोडेको दुई महिना उद्दार गरिएकी बृद्धा बाटु अधिकारी (बीच) बाँया जेठाछोरा कूलबहादुर र दाँया कान्छा छोरा चन्द्रबहादुर । चन्द्रबहादुर र उहाँको श्रीमतीले नै बृद्धालाई जंगलमा छोडेका थिए । )

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।