काँग्रेस महामन्त्री कोइरालाको स्वाश्थ्यमा क्रमिक सुधार, आज उनले जुस पिए

२४ असार २०७३, शुक्रबार २१:४१ मा प्रकाशित

काठमाडौँ, २४ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । आज दिउँसो उहाँले जुस पिउनुभएको छ ।

ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसँगै बिहीबारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष ९आइसियु० मा राखिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा लव जोशीले उहाँलाई कुनै सङ्क्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिनुभयो ।

मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना हुनुभएको थियो । बुधबार बिहान वान्ता भएपछि खाना सर्किँदा महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।