सहमतिको सरकार गठन गर्न पहल गर्ने माओवादी निर्णय

२३ असार २०७३, बिहीबार २२:३५ मा प्रकाशित

काठमाडौं, २३ असार । वर्तमान सरकारको विकल्प खोज्ने विषयमा चर्को वहशपछि माओवादी केन्द्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले सरकारको नेतृत्वको विषयमा भने खुला रहने निर्णय गरेको छ। माओवादी पोलिटव्युरो बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, मधेस समस्याको समाधान गर्न तथा संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको माओवादीको निष्कर्ष छ।

माओवादीले गत बैशाख २३ गते सरकारको नेतृत्व गरेको दल नेकपा एमालेसँग भएको नौ बुँदे सहमति कार्यान्वयनका लागि गम्भीर छलफल गर्नेसमेत निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। माओवादी र एमालेबीच वर्तमान सरकारलाई निरन्तरता दिन बैशाख २३ गते नौ बुँदे सहमति भएको थियो। जसमा बजेट पारित भएपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो ।

माओवादीभित्र वर्तमान सरकारको विकल्प खोज्ने र नखोज्ने विषयमा विवाद छ। पार्टीकातर्फबाट सरकारको नेतृत्व गरेको उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत सरकारको विकल्प खोज्नु नहुने पक्षमा छन् भने नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन तथा जनार्दश शर्मालगायत सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन्।

यसैबीच प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार परिवर्तन नभइ विस्तार हुने बताएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले वर्तमान सरकार परिवर्तनको कुनै संभावना नरहेको भन्दै सरकार विस्तार हुनसक्ने बताएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार