सालक तस्करी गर्नखोज्ने पक्राउ

२२ असार २०६९, शुक्रबार १८:३१ मा प्रकाशित

काठमाडौं, २२ असार । तरकारी बोक्ने गाडीमा जिउंदो अवस्थाको सालक लुकाएर तस्करी गर्न लागेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ स्थित तरकारी बजारमा मकवानपुर चित्लाङ–९ स्थायी ठेगाना भएका २८ वर्षीय हिराचन गमानले पक्राउ परेका हुन् । बा.८ च ५३२२ नम्बरको तरकारी बोक्ने गाडीमा लुकाई ल्याएका सालकसहित हिराचन, सवारी साधन र त्यसका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ । दुर्लभ बन्यजन्तुका रुपमा रहेको सालक संरक्षणको सूचीमा रहेको छ भने हालका दिनमा यसको तस्करी बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा