सरकारको नेतृत्व गरेको दल एमालेभित्रै सरकारको विकल्पमा छलफल

२२ असार २०७३, बुधबार २२:२१ मा प्रकाशित

काठमाडौं, २२ असार । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेभित्रै राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने आवाज उठेको छ। सत्ता सहयात्री माओवादी केन्द्रले वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेका बेला एमालेभित्रै पनि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने आवाज उठेको हो।

एमालेभित्र माधव नेपाल पक्षधर नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताउँदै आएका बेला नेता नेपाल स्वयंले पनि राष्ट्रिय सरकार गठनको पक्षमा आफूँलाई उभ्याएका हुन्। बुधबार राजधानीमा संचारकर्मीसँग कुरा गर्दै नेता नेपालले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने र त्यसका लागि प्रमुख तीन दलबीच सहमति हुन आवश्यक रहको बताए।

एमालेभित्रै पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली एकलौटी ढंगले अगाडि बढेको भन्दै ओलीको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ। सत्तासाझेदार नेकपा माओवादी केन्द्रले यसअघि नै आफूसँग भएको नौ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार वा अधिकतम सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको