जिवन मरणको अन्तिम लडाई लडिरहेकी देविका राइको जिन्दगि बचाउन आव्हवान

२२ असार २०७३, बुधबार २१:३३ मा प्रकाशित

लसएन्जलस, २२ असार । जिवन मरणको अन्तिम लडाई लडिरहेकी नेपाली छोरी देविका राइ आर्थिक अभावका कारण थप उपचार खोजिरहेकी छिन थप जिन्दगि जिउने अभिलाषा बोकेर । उनको स्वास्थ्य स्थिति जानकारी राख्ने डाक्टरको भनाइ अनुसार जिवन र मरणको दोसाँधमा पुगेकी छन् देविका । डाक्टरले दिएको पछिल्लो रिपोर्ट अनुसार हाईपोसिक ब्रेन इन्जुरी, बेड शोर, एसपिरेशन निमोनिया, इन्ट्रायूटेरिन फ्याटल डेथले थला परेकी राईलाई यकिन गरेर यो नै रोग लागेको भन्ने अहिले सम्म पत्ता लागेको छैन । उनि निकटको भनाइ छ, ‘तीन छोरीकी आमा राई गत पौष ११ गते अचानक बेहोस भईन जुनबेला उनी गर्भवती थिइन् । लगत्तै उनलाई उपचार्थ काठमाडौं ल्याइयो । उनले गत पौष १३ गते काठमाडौंको नोबेल अस्पतालमा मृत बच्चा जन्माइन र त्यहि बेला देखि उनले कोमामा करिब ५ महिना बिताइन र अहिले उनको होस खुलेको छ । महिनौको अस्पताल बसाईले उनको सबै सम्पति सकिसकेको छ । राईको परिवारले अब उनको थप उपचार गर्ने अवस्थामा छैन । विगत ६ महिनादेखि काठमाडौंको नोबेल अस्पताल र केएमसीमा उपचार गराइरहेको राइको उपचार खर्च सकिएको छ । जसका कारण जीवन र मरणको दोसाँधमा पुगेकी छन । उनको उपचार्थ उनको श्रीमानले व्यक्तिगत रूपमा झण्डै १० वर्षको वैदेशिक रोजगारबाट कमाएको सम्पत्ति र साथीभाई इष्टमित्रसंगको सरसापटि गरि करिब १७ लाख बढि खर्च गरिसकेका छन् । राइको थप उपचार गर्नका लागि पैसा अभाव भएको कारण राइ जिवन बचाइ दिनका लागि उनका श्रीमान प्रेमकुमार राइले सहयोगी हातहरुसंग सहयोगको लागि अनुरोध गरेका छन् । यतिबेला देविकाको जिन्दगी बचाउन सहयोगी हातहरुको खाँचो छ र उनको उपचारमा लसएन्जलस निवासी निरकाजी गुरुङ आव्ह्वान गर्छन तपाइको सानो सहयोगले उनको जिन्दगि बचाउन सकिन्छ भने किन सहयोग नगर्ने । तपाईं बैंक मार्फत सहयोग गर्न चाहनु हुन्छ भने नेपालको राष्ट्रिय वाणिज्य बैंक मार्फत पनि सहयोग गरन सक्नु हुन्छ:
खाता नम्बर १३४००३६१५७१०
वा लसएन्जलस निवासी निरकाजी गुरुंगको पहलमा अमेरिकामा सहयोगी हातहरुको संयोजन गरिएको छ । उहाँ मार्फत पनि सहयोग गर्न सकिन्छ । अमेरिकामा रहेकाहरुले सहयोग गर्न चाहेमा निर काजि गुरुङलाई सम्पर्क गर्ने नम्बर ६६१ ६४५ ०६४५

Devima Rai save life

नेपालमा सिधै सम्पर्क गर्ने नम्बर:९८५१०-२२०३७ इमेल:[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले