आदिवासी जनजाति महासंघद्वारा अघिकारकर्मीहरुको भेला आब्हान

२२ असार २०६९, शुक्रबार १५:४७ मा प्रकाशित

काठमाडौ, २२ असार । विभीन्न राजनितिक दलमा रहेका आदिवासी जनजाति नेता तथा कार्यकर्ता तथा अन्य शोषण, दमन र उत्पीडनमा परेका समुदायलाई नयां राजनितिक शक्ती निर्माणको लागि समयमै निर्णय गरी सकृय सहभागिताका लागि २ दिन चलेको जनजाति अधिकारकर्मीहरुको भेलाले आह्वान गरेको छ । अस्ति र हिजो राजधानीमा भएको निर्णण सार्वजनिक गर्दैैै आदिवासी जनजाति महासंघलगायतले संविधानसभा विघटन ऐतिहासिक अपराध भएको ठहर जनजाति भेलाको ठहर छन् । साथै  संविधानसभाबाटै नयाँ संविधान निमार्ण हुनुपर्दछ भन्ने पक्षमा आफूहरु रहेका जनजाति नेताहरुको भनाइ छ । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा नेपालका प्रमुख राजनीतिक दलहरु बाहुनवादी, पितृसत्तावादी र एकल “उच्च” जातीय प्रभुत्ववादी नेतृत्वको कब्जामा रहेकोले सिंगो मुलुकलाई समेट्न नसकेको हुंदा मानव अधिकार, सामाजिक न्याय, समता र समानता र आदिवासीवादको सिद्धान्तमा आधारित, समानुपातिक समावेशी राजनीतिक दलको निर्माण अहिलेका आवश्यकता भएको तत्काल त्यसलाई अघि बढाउनुपर्ने नर्णय पनि उनीहरुले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट