पूर्वी अफगानिस्तानमा ३३ आतङ्ककारी मारिए

१७ असार २०७३, शुक्रबार १९:२५ मा प्रकाशित

अफगानिस्तान, १७ असार । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको हिसाराक जिल्लामा आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा ३३ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीको क्रममा दुई सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य नौ जना घाइते भएका छन् । । सुरक्षाकर्मीले उक्त क्षेत्रमा कारबाही जारी रहेको जनाएको छ ।

यस कारबाहीमा अन्य ५० भन्दा बढी आतङ्ककारी घाइते भएका सुरक्षा अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार हिसाराक जिल्ला कब्जागर्ने लक्ष्यमा रहेका आतङ्ककारीहरु मारिएका हुन् ।

यस कारबाहीको विषयलाई लिएर तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । तालिवानाले बिहीबारमात्र पनि ठूलो सङ्ख्यामा प्रहरीको हत्या गरेका छन् ।

उनीहरुले पछिल्लो समयमा सर्वसाधारणमाथि क्रुर तरिकाबाट हमला गर्ने गरेका छन् । हमलामा परी कैयौंले ज्यान गुमाएका छन् । उता सुरक्षाकर्मीहरुले पनि उनीहरुका विरुद्धमा कारबाही जारी राखेका छन् । रासस,सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ