भूकम्प पिडितको माग पूरागर्न कार्यदल गठन, पुनर्निर्माणको लागि एकमुष्ट रकम दिन सरकार अनुदार

१४ असार २०७३, मंगलवार २१:५१ मा प्रकाशित

काठमाडौँ, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भुकम्प पिडितलाई सिघ्र बासोस्थान निर्माणको लागि एकमुष्ट दुई लाख रुपिया दिनु पर्ने माग राख्दै सुरु गरेको संसद घेराउ जारी रहे पनि उक्त मागका विषयमा अनुदार रहेको सरकारले समस्या समाधान भन्दै कार्यदल भने गठन गरेको छ ।

यद्यपि कार्यदलको गृहकार्यभित्र के छन् भन्ने कुरा कार्यदलले सार्वजनिक गरेको छैन । आफूहरुले गरेका कार्यलाई आफ्ना शिर्ष नेतासित आजै दिउँसो ३ः३० बजे बसी छलफल गरेर मात्र सार्वजनिक गर्ने कार्यदलले जनाएको छ ।

आज बिहान बसेको कार्यदलको बैठकले सत्तारुढ र प्रतिपक्षी दल दुवैको ‘विन विन’ अवस्था सो गृहकार्यमा रहेको बुझिएको छ ।

प्रतिपक्षी दल नेकाले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्टरुपमा रु दुई लाख अनुदान दिनुपर्ने र दुई प्रतिशत ब्याजदरमा रु १५ लाख र २५ लाख दिनुपर्ने माग सदनमा उठान गरेको छ । सरकारको तर्फबाट ती माग पूरा गर्न लिखित प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने भन्दै उसले पाँच दिनदेखि व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएको छ ।

कार्यदलको गृहकार्यमा शीर्ष नेतृत्व तहमा सहमति जुटेमा सदन मंगलबार देखिनै सञ्चालन हुने भनिए पनि सदनको आज पनि संसद सुचारु हान सकेन ।

कांग्रेसले उठाएको भुकम्प पिडितको माग कसरी सम्बोधन गर्ने र अवरुद्ध सदनलाई सञ्चालन गर्न गृहकार्यका लागि सोमबार सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै दलका दोस्रोपुस्ताका नेता सहभागी एक कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेता डा प्रकाशशरण महत तथा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री भीम रावल, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी रहेका थिए ।

बैठकपछि उपनेता नेम्वाङले काँग्रेसले उठान गरेको माग सम्बोधन गर्न कार्यदलले गृहकार्य गरेको जानकारी दिँदै सो गृहकार्यलाई कार्यदलले शीर्ष नेताहरुलाई आज दिउँसो जानकारी गराउने बताए । उनले गृहकार्यभित्र के छन् भन्ने कुरा भने सार्वजनिक गर्न चाहेनन् ।

प्रमुख प्रतिपक्षी दलका नेता डा प्रकाशशरण महतले बैठकपछि आफ्ना मागलाई सम्बोधन गर्न सत्तापक्ष सहमतिको नजिक पुगेको सञ्चारकर्मीसित बताए । उनले भूकम्पपीडित जनताको समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

उपप्रधानमन्त्री भीम रावलले प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्न सहमतिको नजिक पुगेको सङ्क्षिप्त प्रतिक्रिया बैठकपछि दिए ।

व्यवस्थापिका–संसद् भवन सिंहदरबारमा कार्यदलको सो बैठक करिब दुई घन्टा बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको