बास्केटबल प्रतियोगितामा इनोभेटिभलाई सफलता

१४ असार २०७३, मंगलवार २१:३७ मा प्रकाशित

काठमाडौं । इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार जित हात पारेको छ ।

इनोभेटिभले केइसीलाई ६३–४५ ले पराजित गर्यो । इनोभेटिभको जितमा रवि गिरीले २० अंक योगदान गरे ।

पहिलो क्वाटरमा १८–१६ को अग्रता लिएको इनोभेटिभले दोश्रोमा २२–१२ को अग्रता हासिल गर्यो । तेश्रोमा पनि अग्रता बनाउने क्रममा इनोभेटिभले १२–५ को प्रदर्शन गर्यो । अन्तिम तथा चौथो क्वाटरमा इनोभेटिभ ११–१२ को झीनो अन्तरले पछि पर्यो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत पुरुषको अर्को खेलमा गोल्डेनगेटले बाबालाई ८५–५८ को फराकिलो अन्तरले हरायो । गोल्डेनगेटका सिद्धार्थ महर्जनले १६ स्कोर गरे । चारै क्वाटरमा अग्रता लिएको गोल्डेनगेटले क्रमशः २२–१३, १८–१२, २४–१८ र २१–१५ अंक जोड्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी