भुकम्प पीडितलाई एक मुष्ट दुई लाख दिन सरकार असहमत, संसद निरन्तर अबरुद्ध

१३ असार २०७३, सोमबार २१:१४ मा प्रकाशित

काठमाडौ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवावीच भुकम्प पीडितलाई एक मुष्ट दुई लाख रुपैया दिनु पर्ने मागको विषयमा सहमति बन्न नसकेपछि ब्यवस्थापिका संसदको बैठक भोली अपरान्ह २ बजेसम्मकोलागि स्थागित गरिएको छ ।
काग्रेसले बैठक स्थागित गरेपछि प्रधानमन्त्री र देउवावीच सहमतिकोलागि छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्ने बेलामा प्रमुख प्रतिपक्षीले संसद अवरोध गरेर यो के नाटक गरेको भनि आक्रोस पोख्दै आफूलाई संसदमा बोल्न दिए आफूले दुई लाख मात्रै नभई तीन लाख घोषणा गरिदिने बताएका थिए ।
ओलीले काग्रेसले दुई लाखमा अडान लिईरहने हो भने कुनै पनि हालतमा दुई लाख घोषणा नगर्ने स्पष्ट पारेका थिए ।
देउवाले पनि काग्रेसले आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा यसलाई नाटक भन्नुको अर्थ नहुने भन्दै दुई लाख एकमुष्ट दिने घोषणा नगरेसम्म संसद चल्न नदिने स्पष्ट पारेका थिए ।
दुई शिर्ष नेताहरुवीच सहमति हुन नसकेपछि दोस्रो तहका तीन ठूला पार्टीका नेताहरुवीच छलफल भएको थियो । जसमा काग्रेसले आफ्नो अडान दोहोर्याएको थियो भने सत्तारुढ दलले आफूहरुको बाध्यता व्रिफिङ्ग गरेका थिए । जसमा सहमतिमै विवादलाई टुङग्याएर संसदको अवरोध खोल्ने भने सहमति भएको थियो । सहमतिको प्रयास गर्न दुई पक्षीय कार्यदल समेत बनाईएको छ । कार्यदलमा काग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत र चीनकाजी श्रेष्ठ छन भने सत्तारुढ दलको तर्फबाट एमाले संसदीय दलका उपेनेता सुवास नेम्वाङ्ग, उपप्रधानमन्त्री भीम रावल, एमाओवादीबाट कृष्णबहादुर महरा र राप्रपा नेपालका तर्फबाट दिनानाथ शर्मा रहेका छन ।
काग्रेस सांसद महतले कार्यदलले छलफल गरी सहमतिको प्रयास गर्ने जानकारी दिदै काग्रेसको माग संबोधन नभए भोलीको संसद बैठक समेत अवरुद्ध गर्ने स्पष्ट पारे ।

कानून मन्त्री अग्नी खरेलले काग्रेसले आफ्नो निर्णय पुनविचार नगरेसम्म हाउस नखुल्ने भएपनि आज संसदमा बोल्दै रामशरण महतले पुर्नविचारको संकेत गरेको बताए । उनले महतकै पालामा चार किस्तामा रकम दिने निर्णय भएकोले त्यसलाई संसोधन गर्न संसद खुल्नै पर्ने भन्दै काग्रेसले आफ्नो निर्णयमा पुर्नविचार गरेर संसद खोज्नु पर्ने जिकिर गरे ।
संसदीय ब्यवस्थामा प्रधानमन्त्री बोल्न नपाउनु प्रणाली विरुद्ध भएकोले काग्रेसले आफू संसदीय ब्यवस्था अनुसार चले नचलेको आत्मसमिक्षा गर्नु पर्ने सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको