चीन र भारतबाट धेरै धार्मिक पर्यटक ल्याउन सकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ

२२ असार २०६९, शुक्रबार १५:४४ मा प्रकाशित

काठमाडौ, २२ असार । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल विश्वका दुई ठूला आर्थिक शक्ति भारत र चीनबीच रहेकाले देशको आर्थिक विकासका लागि ठूलो अवसर र चुनौती रहेको बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज गरेको कार्यक्रममा  परराष्ट्रमन्त्री श्रेष्ठले आर्थिक समृद्धिका लागि राष्ट्रिय स्रोत र साधनको अधिकतम परिचालन गरिनेमा जोड दिनुभयो । आर्थिक र सामाजिक विकासका लागि सन् २०१२ लाई लगानी वर्षका रुपमा अगाडि बढाइएकाले लुम्बिनी भ्रमण वर्ष २०१२ मा चीन र भारतबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटक ल्याउन सकिने सम्भावना रहेको बताउनुभयो । कृषि र  जलविद्युत्का क्षेत्रमा लगानी तथा व्यापार वृद्धि गर्न दुई छिमेकी राष्ट्रबाट सहयोग प्राप्त गरी कसरी तुलनात्मक लाभ लिन सकिन्छ भन्ने बारेमा गोष्ठीमा छलफल हुनुपर्ने सुझाव उहाँले दिनुभयो । कार्यक्रममा नेपालका लागि चीनका राजदूत याङ हौलानले चीनको सार्क राष्ट्रसँग ठूलो परिणाममा आयात निर्यात र व्यापार वृद्धि भइरहेकाले नेपालले पनि त्यसको अधिकतम फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने