अर्जेन्टिना कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा

८ असार २०७३, बुधबार २२:०५ मा प्रकाशित

टेक्सास, ८ असार । अर्जेन्टिना कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान टेक्सासस्थित एनआरजी स्टेडियममा भएको सेमिफाइनल खेलमा संयुक्त राज्य अमेरिकालाई घरेलु मैदनामा ४-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुदेखि नै अमेरिकालाई दबाबमा राखेको अर्जेन्टिनाले ३ मिनेटमै पहिलो गोल गरेको थियो। अर्जेन्टिनाका खेलाडी इजेक्वेल लाभेज्जीले खेलको तेस्रो मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

यसैगरी स्ट्राइकर लियोनल मेसीले ३२ मिनेटमा गोल गर्दै अमेरिका विरुद्धको गोल अन्तर दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि २ गोल गर्दै अमेरिका विरुद्ध ४-० को जित निकाल्यो ।

दोस्रो हाफमा गोन्जालो हिग्विनले ५० औं र ८६ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा मेसी म्यान अफ दि म्याच घोषित भए ।

अर्जेन्टिनाले भोलि बिहान कोलम्बिया र चिलीबीच हुने सेमिफाइनलको बिजेतासँग आगामी सोमबार बिहान ५:४५ मा फाइनल खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा

रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १