नेविसंघ कार्यकर्ताबीच भिडन्त

८ असार २०७३, बुधबार २२:०२ मा प्रकाशित

काठमाडौं, ८ असार । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख अतिथि भएको एक कार्यक्रममा नेविसंघका विद्यार्थीबीच भिडन्त भएको छ ।

कार्यक्रममा बोल्ने बिषयलाई लिएर भिडन्त हुँदा एक जना घाइते भएका छन् । नेविसंघ केन्द्रीय कार्यसमितिले भावी शिक्षा नीतिका बिषयमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ नेता पौडेल बोलेर बाहिरिनासाथ भिडन्त भएको थियो ।

भिडन्तमा नेविसंघका कार्यकर्ता इन्दु शर्मा सामान्य घाइते भएका छन । कार्यक्रममा बोल्ने बक्ताहरुको बिषयलाई लिएर शर्माले हल्ला गर्न थालेपछि तत्कालिन महामन्त्री प्रकाशमान सिंह निकटका विद्यार्थीहरुले हातपात गरेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य मोतीलाल भण्डारीका अनुसार आफुहरुले बोल्न पाउनु पर्ने भन्दै कार्यक्रममा हल्ला गर्न थालेपछि पुरानो संस्थापन पक्षकै समूहभित्रबाटै हातपात भएको हो । पौडेल पक्षधर नेविसंघका नेता रामप्रसाद अधिकारीले भने सभापति शेरवहादुर देउवा पक्षीय समूहबाट हातपात भएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार