‘मिस राजधानी २०१६’, ‘मिस्टर राजधानी २०१६’ सौदर्य प्रतियोगिता सम्पन्न

८ असार २०७३, बुधबार २१:५३ मा प्रकाशित

काठमाडौ । एक्सपोज नेपालले एकसाथ तिन सौदर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । सौदर्य प्रतियोगीता आयोजनामा अन्तराष्ट्रिय छवी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१६’, ‘मिस्टर राजधानी २०१६’ र ‘मिसेज राजधानी २०१६’ नामक तिन फरक प्रतियोगीता एकसाथ आयोजना गर्न लागेको हो । बुधबार एक बिज्ञाप्ती जारी गर्दै तिनै प्रतियोगीताका लागी एक साथ आवेदन समेत खुल्ला गरिएको छ ।
सुन्दरी छनौंट गर्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको यो एक्सपोजले आयोजना गर्ने यि तिन प्रतियोगीतामा युवायुवती देखि बिवाहीत महिलासम्मले सहभागीता जनाउन सक्नेछन् । तिन प्रतियोगीता मध्य ‘मिस राजधानी’ १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्ष उमेरका युवा र , ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरुले सहभागिता जनाउन पाउनेछन् ।

MR Rajdhaniयुवायुवती साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको आयोजक एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । प्रतियोगीताले प्रतिभावान र बौद्धिक ब्याक्तीको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको बिस्वास छ । प्रतियोगितामा सहभागीले बौद्धिकतासँगै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नु पर्नेछ ।
बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धा गर्न पाउनेछन् । जसका लागी उनिहरुलाई स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइनेछ । प्रतियोगीतामा शिर्ष सहित १६ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र ,म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्