नेपाली सेनाले पुर्यायो मनाङमा मोटर

२२ असार २०६९, शुक्रबार १५:१८ मा प्रकाशित

काठमाडौं, २२ असार । १९ वर्षको मिहिनेतपछि हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक मोटर पुगेको छ । मनाङ जोड्ने बेसीसहर–चामे सडकको निर्माणकार्यको ट्रयाक खोल्ने काम सकिएकाले मनाङको धारापानी गाविसमा पहिलोपटक मोटर पुगेको हो । लमजुङको सदरमुकाम बेसीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म कुल ६५ किलोमिटर रहेकोमा ३७ किलोमिटरको दूरीमा रहेको मनाङ धारापानी गाविसको खोत्रे निगालाघारी भन्ने स्थानसम्म मोटर पुगेको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाको कार्यदल गणका मेजर इन्दिवर गुरुङले जानकारी दिएका छन् । यसअघि मनाङको सदरमुकाम चामेदेखि बेसीसहरतर्फ धारापानीसम्म करिब २४ किलोमिटर बाटोको ट्रयाक खन्ने काम भइरहंदा बेसीसहरदेखि जगतडांडासम्मको करिब २९ किलोमिटरमा मोटर चलेको थियो ।
नेपाली सेनाको ग.१च २५३ नम्बरको जिप पहिलोपटक मनाङको निगालोघारीसम्म पुगेको हो । अबको केही दिनमा मनाङको सदरमुकाम चामेसम्म नै मोटर पुग्ने सेनाले जनाएको छ । १९ वर्षअघि ०५१ सालमा सडक विभागले सुरु गरेको यो सडक ०५७ सालबाट नेपाली सेनाले निर्माण गर्दै आएको छ । लमजुङ र मनाङ जोड्ने सिमानामा निकै ठूला एवम् कहालीलाग्दा चट्टान तथा पहाडहरू रहेकाले सडक निर्माण हुन लामो समय लागेको कार्यदल गणले जनाएको छ । सडक विभागले १७ वर्षअघि गरेको प्रारम्भिक सर्भेमा मनाङलाई सडक सञ्जालले जोड्न एक अर्ब ३७ करोड रुपैयां लाग्ने अनुमान गरेकोमा हालसम्म ७६ करोड रुपैयां मात्र खर्च भएको सेनाले जनाएको छ ।
मनाङ तालगाउंका आशबहादुर गुरुङले बेसीसहर–चामे सडक निर्माण सुरु भएको झन्डै १९ वर्षपछि मनाङवासीहरूको मोटर चढ्ने सपना पूरा गरिदिएकोमा नेपालका राजनीतिक दलका नेताहरूलाई सेनासंग विकासको पाठ सिक्न अनुरोध गरेका छन् । सरकारले चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्ष सुरु हुंदा यसै वर्षभित्र मनाङमा मोटर पु¥याउने भन्ने गरिए पनि त्यो यस आर्थिक वर्षमा नेपाली सेनाले पूरा गरिदिएको मनाङका अर्का समाजसेवी मानबहादुर गुरुङ बताउंछन् । दशवर्षे द्वन्द्व, पटकपटक स्थानीयवासीको आन्दोलन तथा विविध कारणले सडक निर्माणले गति लिन सकेको थिएन । विगतको द्वन्द्वको समयमा मात्र होइन लोकतन्त्रपछिका चार वर्षमा सडक कताबाट लैजाने भन्ने विषयमा स्थानीयवासीको आन्दोलनको कारण डेढ वर्षभन्दा बढी समय सडक निर्माणकार्य बन्द भएपछि नेपाली सेनाले स्थानीयहरूसंग सहकार्य गरी सडकको काम अघि बढाएको थियो । सेनाले च्याम्चे, ङ्यादी खोला, ताल, म्यार्दी, धारापानी खोत्रो, तिमाङलगायतका चट्टाने भीरहरू फोरेर मनाङसम्म मोटर बाटोको ट्रयाक खोलेपछि मनाङवासीमा खुसियाली भित्रिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा