एसएलसी परीक्षाको नतिजा नयाँ पद्धतिमा सार्वजनिक

२ असार २०७३, बिहीबार १९:३५ मा प्रकाशित

भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

यस वर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । एसएलसी परीक्षा सुरु भएको ८२ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो ।

नियमिततर्फ ९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र १० देखि २० सम्म ‘इ’ मा ११ रहेका छन् ।

आंशिकतर्फ ९० देखि १०० सम्म ल्याउने ‘ए’ प्लसमा चार जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा आठ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ९४ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा दुई हजार ९४३ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा २९ हजार ७८०, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा ७५ हजार ३४०, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ३७ हजार ९३९, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा दुई हजार ४५२ र १० देखि २० सम्म ‘इ’ मा दुई जना छन् ।

नियमिततर्फ उमेर नपुगेका १६ जना, सैद्धान्तिक प्राप्ताङ्क नभएको एक हजार ७३३ जना, प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क नआएको एक हजार ८०० को परीक्षा रद्द भएको १८८ र परीक्षा स्थगित (ड्रप आउट) गरेका छ हजार ८७८ जना र निष्कासनमा परेको एक जना रहेका छन् ।

यस वर्ष नियमित र आंशिकतर्फ कुल छ लाख १५ हजार ५५३ जना परीक्षार्थीले आवेदन दिएकामा कुल पाँच लाख ८८ हजार १५२ जना परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ ।

जसमा नियमिततर्फ चार लाख ३७ हजार ३२६ जना र आंशिकतर्फ एक लाख ५० हजार ८२६ रहेका छन् । परीक्षाको आवेदन दिनेमध्ये ११ हजार ८६४ परीक्षार्थी परीक्षा दिन अयोग्य भएको र १५ हजार ५३७ जना अनुपस्थित थिए ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसीको नतिजा एसएमएस, आइभिआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिनुभयो । इन्टरनेटबाट हेर्न नसक्नेले एसएमएसबाटै परिणाम हेर्न सक्नेछन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास