भूकम्प पीडित प्रति सरकार उदासिन भयो: प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस

३२ जेष्ठ २०७३, मंगलवार २१:३१ मा प्रकाशित

काठमाडौँ, ३२ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको आजको बैठकले तथ्याङ्क सङ्कलन गर्दा छुटेका भूकम्प पीडितको नामावली तत्काल समावेश गर्न माग गरेको छ ।

सिंहदरबास्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले भूकम्प पीडित जनताको आवास पुनःनिर्माणको आवश्यकताप्रति सरकार उदासिन भएको आरोपसमेत लगाएको छ । भूकम्प पीडित जनताको आवास पुनःनिर्माणका आवश्यकताप्रति सरकार केन्द्रित हुनुको सट्टा गैरसरकारी संस्थाहरू र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई समेत कार्यकर्ता नियुक्तिको अवसरको रुपमा प्रयोग गरिएकोप्रति काँग्रेसले विरोध जनाएको छ ।

बैठकले संसदीय दलको विधानअनुसार सदस्य सचिवमा धु्रव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झालाई चयन गरेको छ ।

उपत्यकाका जिल्लामा भूकम्प पीडितको नामावलीको प्रमाणिकरण अझै हुन नसकेको र काँग्रेस नेतृत्वमा रहेको सरकारले भूकम्प पीडितहरूलाई रु दुई लाख अनुदान दिने गरेको निर्णयलाई सरकारले अझै कार्यान्वयन नगरेको भन्दै बैठकले तत्काल सो रकम वितरण गर्न माग गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा प्रमुख प्रतिपक्ष दलका नेता उपाध्यक्ष रहने व्यवस्था भए पनि प्राधिकरणको नीतिगत निर्णय प्रक्रियामा विपक्षी दलको सहभागिता नगराएकोप्रति रोष प्रकट गर्दै बैठकले प्राधिकरणलाई सरकारले एकलौटी ढङ्गबाट पार्टीगत स्वार्थका लागि प्रयोग गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको