नयाँ शक्तिको अध्यक्षमा भट्टराई, ९९ सदस्यीय केन्द्रिय समिति बन्ने

३१ जेष्ठ २०७३, सोमबार २१:२० मा प्रकाशित

काठमाडौं, ३१ जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत जारी बन्दसत्रले पार्टी अध्यक्ष प्रणाली अन्र्तगर्त नै सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बन्दसत्रबाट ९९ सदस्यी केन्द्रिय समिति बन्ने निर्णय गरिएको छ ।

पार्टी अर्थ संयोजक रामेश्वर खनालले बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको जानकारी दिए । उनका अनुसार पार्टीमा एक अध्यक्ष रहनेगरि केन्द्रिय समिति मात्रै रहने र पदाधिकारी नराख्ने भन्नेमा छलफल जारी छ ।

काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक प्रतिवेदन पेस गरेको खनालले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदन तीनवटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको थियो । आज प्रतिनिधिले छलफल गरी प्राप्त भएका सुझावका आधारमा मङ्गलबार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यक्रम छ । शनिबार सङ्घीय जनमुक्ति पार्टी छोडी नयाँ शक्तिमा प्रवेश गरेका परशुराम तामाङले पनि आजको बन्दसत्रमा आफ्नो विचार राखे ।

बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौँ सम्पर्क समितिका संयोजक, २४० निर्वाचन क्षेत्र संयोजक, ५०० सदस्य बराबर एक, एक हजार सदस्य बराबर दुई र एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिको दरले सहभागिता रहेको पार्टी निकटको नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले बताए ।

सातै प्रदेश सचिवालयका सदस्य, पार्टीको आङ्गिक सङ्गठन र पेसागत सङ्गठन एवम् भारत, कोरिया, अस्ट्रेलिया, दुबई, अमेरिका, मलेसिया, पोर्चुगल, बेलायत, फ्रान्सलगायत २४ देशका प्रवास समितिका गरी एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको बन्दसत्रमा सहभागिता छ ।

आइतबारदेखि राजधानीमा जारी भेला मङ्गलबार सकिने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा