फ्लोरिडाको ओल्याण्डो शहरमा गोली चल्दा २० जनाको मृत्यु, अन्य ४२ जना घाइते

३० जेष्ठ २०७३, आईतवार १८:५० मा प्रकाशित

फ्लोरिडा । अमेरिका स्थित फ्लोरिडा राज्यको ओल्याण्डो शहरको एक नाइट क्लबमा गोली चल्दा करिब २० जनाको ज्यान गएको छ । ओरल्याण्ड प्रहरीका अनुुसार क्ल्ब भित्र करिव २० जनाको ज्यान गएको छ भने अन्य ४२ जना भन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले केही मानिसलाई बन्धक बनाएको समाचार बिबिसीले जनाएको छ । आक्रमण शहरको पुरुष समलैंगिक क्लब ’पल्स’ मा भएको हो । घट्नास्थलको हेही भिडीयो सामाजिक सञ्जालमा शेयर गरिएको छ र यसमा घाइतेहरुको इलाज भैरहेको देख्न सकिन्छ । आधिकारिक रुपमा कुनै ब्यहोरा सार्बजनि भएको छैन ।

आक्रमणकारी अभैmपनि क्लब भित्रै रहेको जनाइएको छ र उसले मानिसहरुलाई बन्धक बनाइराखेको समाचार छ । आक्रमणकारीसँग बम हुनसक्ने आशंका गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको तस्वीरमा घटनास्थलमा एम्बुलेन्स उभिएको र बाटो छेउमा घाइतेहरुको उपचार गर्दै गरेको देख्न सकिन्छ ।

बम निस्कृय टीमलाई आक्रमण स्थलमा खटाइएको छ । मानिसहरुलाई घटनास्थल भन्दा टाढै बस्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर