फुटबल खेलाडी तामाङलाई सम्मान

२९ जेष्ठ २०७३, शनिबार २२:५५ मा प्रकाशित

काठमाडौँ, २९ जेठ । जुनियर फुटबल एकेडेमी (जेएफए) ले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर राजु तामाङलाई सम्मान गरेको छ ।

बालुवाटारस्थित एकेडेमीमा आज आयोजित कार्यक्रममा जेएफका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

तामाङलाई केही हप्ताअघि मात्र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै रु २५ लाख नगदसहित सम्मान गरेको थियो । नेपाली सेनाका सदस्य रहेका उहाँ त्रिभुवन आर्मी क्लबका समेत महत्वपूर्ण खेलाडी हुनुहुन्छ ।

प्रमुख प्रशिक्षक क्षेत्रीले फुटबलमार्फत लामो समय देशका लागि योगदान दिएका तामाङजस्ता खेलाडीलाई उचित कदर गर्ने परिपाटी बसेमा नयाँ पुस्तालाई पनि हौसला मिल्ने बताउनुभयो ।

सम्मानित खेलाडी तामाङले जुनियर खेलाडीलाई अनुशासित भएर प्रशिक्षण गर्न आग्रह गर्दै देशको फुटबललाई माथि पु¥याउने उत्कृष्ट फुटबलर बन्न सुझाव दिनुभयो ।

सो अवसरमा फुटबल प्रशिक्षार्थीका अभिभावक समीर थापाले प्रशिक्षणमा सहयोग पुगोस् भन्ने हेतुले एकेडेमीलाई रु २० हजारबराबरको प्रशिक्षण सामग्री प्रदान गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार