अमेरिकन दूतावासको कर्मचारी भन्दै लाखौं ठगी गर्ने कार्की पक्राउ

२८ जेष्ठ २०७३, शुक्रबार १७:४२ मा प्रकाशित

काठमाडौं, २८ जेठ । प्रहरीले अमेरिकन दूतावासको कर्मचारी भन्दै लाखौं ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

आफू दूतावासको कर्मचारी भएको भन्दै ललितपुर ठेचो घर भएका सिद्धार्थ कार्कीले ६ जना विद्यार्थीहरुसँग २ लाख ७८ हजार ठगी गरेका थिए ।

रुपन्देही घर भएका प्रकाश कार्कीलगायत ६ जना विद्यार्थीहरुलाई कार्कीले भूकम्पपीडित कोटामा प्रतिव्यक्ति ४ लाखभन्दा बढी खर्च नलाग्ने बताउँदै ठगी गरेका थिए ।

उनले आफू दूतावासको कर्मचारी भएकाले अमेरिका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भन्दै प्रकाशबाट ६५ हजार ५०० र मदन पोखरेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट २ लाख ७८ हजार असुलेका बताइएको छ ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार