रौतहटमा गोली चल्यो,  चार घाइते, दुईको अवस्था गम्भीर 

२७ जेष्ठ २०७३, बिहीबार १९:३५ मा प्रकाशित

रौतहट, २७ जेठ ।  रौतहटको धरहरी गाविस–८ मा गोली चल्दा चार जना घाइते भएका छन् । जसमध्ये दुई जनाको  अवस्था गम्भीर रहेको जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ।

स्थानीय जयकिशन उच्च माविको व्यवस्थापन समितिको निर्वाचनपश्चात भएको मतगणना प्रक्रियाको क्रममा झडप भएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदका प्रत्यासीका उम्मेदवार हृदयनारायण साह र रामबाबु चौधरीबीच मतपत्रलाई लिएर विवाद भएपछि दुईपक्षबीच झडप हुँदा गोली समेत चलेको हो।

झडपका क्रममा चलेको गोलीको छर्रा लागि धरहरी–५ का ४० वर्षीय रामबाबुप्रसाद चौधरी र सोही गाविस वडा–४ का ५५ वर्षीय टईट पण्डित घाइते छन् । अन्य २ जना घाइतेको नाम खुल्न नसकेको रौतहट प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज पठाइएको रौतहटका एसपी गणेश रेग्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको