विप्लव माओवादीको बन्द, गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार,  चालक र सहचालक जले, अवस्था गम्भीर 

२७ जेष्ठ २०७३, बिहीबार १९:३१ मा प्रकाशित

रौतहट, २७ जेठ । विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ताले प्रहार गरेको पेट्रोल बमबाट दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पौराई जङ्गल क्षेत्रमा आज  ना६ख ४६१५ नंको ट्रकमा पेट्रोल बम प्रहार हुँदा चालक बलराम भण्डारी तथा सहचालक वसन्त मगर गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुको अनुहार, हात र कपाल जलेको छ ।

दुवै जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेकोे छ । माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ।

गौर–चन्द्रनिगाहपुर राजमार्ग तथा पूर्व–पश्चिम राजमार्गमा बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् । निजी सवारी साधन भने उल्लेख्य मात्रामा गुडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल