आदिवासी–जनजातीले छुट्टै दल खोल्ने

२२ असार २०६९, शुक्रबार १०:३१ मा प्रकाशित

काठमाडौं, २२ असार । ब्राह्म्णवादीहरुले नेतृत्व गर्ने पार्टीबाट आदिवासी, जनजातिको पहिचान स्थापना हुन नसक्ने भन्दै विभिन्न दलमा आवद्ध आदिवासी–जनजाति नेताहरुले आ–आफ्ना नेतृत्व नसच्चिए पार्टी परित्याग गर्ने बताएका छन् । नेपाली कांग्रेसका पूर्वासभासद इन्द्रबहादुर गुरुङले गत बुधबारदेखि राजधानीमा आयोजित आदिवासी–जनजाति सम्मेलनका क्रममा भने– आदिवासी जनजातिहरुको तर्फबाट कांग्रेस नेतृत्वलाई ११ बुंदे माग पेश गरेका छौं, असारभित्र माग सम्बोधन भएन भने कांग्रेस छोडिन्छ ।
आदिवासी–जनजाति महासंघका पूर्वमहासविच ओम गुरुङ, चैतन्य सुब्बा, डा. कृष्ण भट्टचनलगायतले अवधारणा पत्र प्रस्तुत गरेको सम्मेलनमा आदिवासी–जनजाति समुदायका अगुवाहरुले उत्पीडित समुदायको पक्षमा लड्ने छुट्टै राजनीतिक शक्ति आवश्यक रहेको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला