वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको अवसान

२५ जेष्ठ २०७३, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन गए राति अर्थात् आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भन्नुभयो, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीपनमा हुने शारीरिक कमजोरीमा कारण उहाँको निधन भएको हो ।”

भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभएको थियो । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए।।।, ‘म अम्बर हुँ, तिमी धर्ती।।।’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।

उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी अलका हुनुहुन्छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा