विमानस्थलको व्यवस्थापन भारतलाई सुम्पन लागेकोमा बामदलहरुको विरोध

२२ असार २०६९, शुक्रबार १०:१४ मा प्रकाशित


काठमाडौं, २२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने सरकारको तयारीको बिरोधले व्यापकता पउंदै गएको छ । यस विषयमा नेकपा एमाले, माले र माले (समाजवादी)ले पनि विज्ञप्ति प्रकाशित गरी सुरक्षामा आंच पुग्ने भएकोले विमानस्थलको व्यवस्थापन विदेशी कम्पनीका हातमा सुम्पन नहुने भन्दै विरोध गरेका छन् ।
नेपाल सरकारको तर्फबाट भारतीय कम्पनीसंग गरिएको समझदारी पत्र अविलम्ब सार्वजनिक गर्न माग गर्दै एमालेका सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– राष्ट्रिय हित एवं सुरक्षा संवेदनशीलतालाई उपेक्षा गर्दै अपारदर्शी तरिकाले देशकै एकमात्र अन्तर्राष्ट«िय विमानस्थलको व्यवस्थापन जिम्मा विदेशी कम्पनीलाई दिने काम चलाउ सरकारको तयारीप्रति घोर विरोध गर्दछ ।
मालेका महासचिव सीपी मैनालीले पनि सरकारको तयारी राष्ट्रघाती भएको भन्दै अति संवेदनशील अन्तर्राष्ट्रिय विमानस्थलजस्तो महत्वपूर्ण स्थल विदेशी कम्पनीलाई दिंदा मुलुकको राष्ट्रिय सुरक्षा, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता समेत हनन हुने भएकाले उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् । यस्तै, माले समाजवादीले सरकारको उक्त कदमलाई गैरजिम्मेवारीका साथै राष्ट्रघाती भनेको छ । उक्त पार्टीका जगतबहादुर बोगटीद्वारा जारी विज्ञप्तिमा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अति संवेदनशील निकायको व्यवस्थापनको जिम्मा यसरी विदेशी कम्पनीलाई सुम्पने निर्णयले देशको सर्वभौमसत्ता, अखण्डता र स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हुने निश्चित छ भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका