प्रधानमन्त्री ओली र प्रचण्डवीच सहमतिय सरकार गठनवारे छलफल

२३ जेष्ठ २०७३, आईतवार २०:१६ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारका कामकारबाही, नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ ।

एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

पछिल्लो समय खासगरी बजेट पेश भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व अब आफूले गर्ने दाबी गर्दै आएका छन् ।

दाहालको उक्त दाबीसँगै सत्तारुढ दल नेकपा एमाले र माओवादीवीच खटपट सुरु भएको थियो । उता प्रधानमन्त्री केपी ओलील प्रचण्डको नेतृत्वमा सरकार बनाउने बारे एमालेसँग भद्र सहमति नभएको जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको