९६ वर्षको उमेरमा स्नातक गर्ने जापानी

२२ जेष्ठ २०७३, शनिबार १९:५९ मा प्रकाशित

टोकियो, २२ जेठ, (एएफपी)। एकजना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राख्नुभएको छ ।

उहाँले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गर्नुभएको थियो ।

९६ वर्षमा स्नातक गर्नुभएका उहाँलाई गिनीज वल्र्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा प्रमाणपत्र प्रदान गरेको शनिबारका जापानी सञ्चारमाध्यमले लेखेका छन् ।

जापानका ९६ वर्षीय नागरिक सिगेमी हिराताले क्योतो विश्वविद्यालयबाट सबैभन्दा पाको उमेरमा स्नातक पास गर्नुभएकोले उहाँलाई गिनीज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको हो ।

उहाँ सन् १९१९ मा हिरोसिमामा जन्मिनुभएको हो । उक्त विश्व रेकर्डपछि खुसी भएका उहाँका साथीहरुले उहाँलाई सोही कलेजमा स्वागत गरेका थिए ।

उहाँले योमियुरी समचारपत्रमा भन्नुभयो– मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिन तर मलाई आज निकै नै खुसी लागेको छ ।
त्यस रेकर्डले आफूलाई निकै ठूलो उर्जा दिएको उहाँले सो पत्रिकालाई बताउनुभएको छ । उहाँले सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको बताइएको छ ।

आफ्नो जागिरबाट सेवानिवृत्त भएका उहाँले ११ वर्षअघि सो विश्वविद्यालय भर्ना हुनुभएको थियो ।
उहाँले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यतिसमय सम्म बाँच्ने धारणा राख्नुभयो । आफूले केही न केही नाम राखौँ भनेर नै यो काम गरेको उहाँले बताउनुभयो ।

हुनत म सक्षम र सबल नै छु तरपनि यो उमेरमा क्याम्पसजादा भने एक हिसाबले हाँसोको पात्र हुने गरेको छ– उहाँले बताउनुभयो ।
सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय रुपमा काम गरिहरने हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार